भदौ २ गते दाेर्दी खाेलामा पाैडी खेल्दा बगाएका उत्तर कुमारकाे शव आबुँखैरेनी नजिकै भेटियाे

भदौ २ गते दाेर्दी खाेलामा पाैडी खेल्दा बगाएका उत्तर कुमारकाे शव आबुँखैरेनी नजिकै भेटियाे


भदौ २ गते दाेर्दी खाेलामा पाैडी खेल्दा बगाएका उत्तर कुमार प्रजाकाे शव आबुँखैरेनी नजिकै भेटिएकाे छ । आबुँखैरेनि गा.पा २ ढापटार स्थित मर्स्याङदि नदिको किनारमा उनको शव भेटिएको हाे ।

मृतक प्रजा चितवन जिल्ला कालिका न.पा. वडा नं.१० छेरबाङ घर भई लम्जुङकाे दोर्दी गाउपालिका वडा नं. ३ मा संचालित उत्तर देवी कृषि फर्ममा २०।२५ दिन अगाडी देखी काम गर्दै आएका थिए । सनिवार बिहान शव फेला पर्दा सम्म पहिचान नभएपछि प्रदेश अस्पताल दमाैलीमा ल्याइएकोमा दिउँसो उनका दाजु चन्द्रकुमार प्रजाले सनाखत गरेपछि उनको पहिचान भएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page