अद्भुत क्षमता भएका भानुका प्रमुख भण्डारीसँग हुतिहाराहरू तर्सिए – वडा सदस्य थापा

अद्भुत क्षमता भएका भानुका प्रमुख भण्डारीसँग हुतिहाराहरू तर्सिए – वडा सदस्य थापा

भानु नगरपालिका वडा नं ११ का वडा सदस्य अजय थापाले अद्भुत क्षमता भएका प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारीसँग हुतिहाराहरू तर्सिएकाे बताएका छन् । वडा सदस्य थापाले क्षमतामा विश्वास राख्ने मान्छे साच्चै आफुलाई प्रमाणित गरेर देखाउने तागत राख्ने भन्दै भित्र एउटा र बाहिर अर्को व्यवहार नदेखाउन चेतावनी दिएका छन् । थापा भन्छन् तिनै हुतिहाराहरु हुन अद्भभुत क्षमता भएकाहरु सँग सपनामा पनि तर्सिने र यथार्थमा बर्बराउने । ढाेँगी मनाेवृत्तिबाट ग्रसित दासहरु हाे ईमान्दार र काम प्रति वफादार अनि नतिजामा विश्वास राख्ने नेतृत्व चाहिएको भए समय अबधि भर भानुमै बस्ने वातावरण सृजना किन गरेनाैं । हुनत तिमीहरूलाई पाप र धर्मको परख नै हुन्न क्यार तर पाप पक्कै लाग्नेछ ईमानदारीता र पारदर्शिताको । ती आशु कमजाेर मनस्थितिका हुदै हाेईन कर्म गर्ने कर्मशिल हातलाई प्रतिरोध पछिकाे स्वभाबिक प्रतिक्रिया हाे ।

वडा सदस्य थापाले सामाजिक सञ्जाल फेसवुकमा लेख्छन् –
भानु.न.पा प्रमुख प्रशासकीय अधिकृत गाैतम सरकाे विदाई तथा फेरि भेटाैला कार्यक्रममा कृतिम फुँदा गाँसेर चर्काे भाबुकता र प्रशंसा गर्नेहरु देख्दा बडा दया जागेर आयाे । हाम्रा कुरा सुनिएन, कुन्नि के जातिकाे बदला लिएकाे, समन्वय नगरिएकाे जस्ता आराेप माउले लगाउदै गर्दा आज चल्लाहरुकाे वर्वराहट साच्चै कुटिल र निकै दया लाग्दाे थियाे । बनाउन खाेज्नेलाई भत्किनेकाे डर हुदैन र क्षमतामा विश्वास राख्ने मान्छे साच्चै आफुलाई प्रमाणित गरेर देखाउने तागत राख्छ । तिनै हुतिहाराहरु हुन अद्भभुत क्षमता भएकाहरु सँग सपनामा पनि तर्सिने र यथार्थमा बर्बराउने । ढाेँगी मनाेवृत्तिबाट ग्रसित दासहरु हाे ईमान्दार र काम प्रति वफादार अनि नतिजामा विश्वास राख्ने नेतृत्व चाहिएको भए समय अबधि भर भानुमै बस्ने वातावरण सृजना किन गरेनाैं । हुनत तिमीहरूलाई पाप र धर्मको परख नै हुन्न क्यार तर पाप पक्कै लाग्नेछ ईमानदारीता र पारदर्शिताको । ती आशु कमजाेर मनस्थितिका हुदै हाेईन कर्म गर्ने कर्मशिल हातलाई प्रतिरोध पछिकाे स्वभाबिक प्रतिक्रिया हाे ।अब आउने प्रमुखलाई नजिकबाट नियालिनेछ बर्तमान अवस्थामा कार्यान्वयनमा गएका कामहरु निरन्तर अगाडि बढ्छन या राेकिन्छन अथवा नयाँ दृष्टिकाेण आउछ वा सिमित घेराभित्र घेरिएर समय वित्नेछ । चुनाैति सँग भाग्ने वा गाैतम भण्डारी सरले सुरु गरेका असल अभ्यास र कर्मलाई निरन्तरता दिई भानु नगरपालिकाकाे हितमा काम गर्ने । आगे मर्जी……………

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page