कर्मचारी ट्रेड युनियनका अध्यक्ष खनालको त्यो भाषण ! जसले कर्मचारी वृत्तमा चर्चा कमायाे

कर्मचारी ट्रेड युनियनका अध्यक्ष खनालको त्यो भाषण ! जसले कर्मचारी वृत्तमा चर्चा कमायाे

निजामती कर्मचारीहरूकाे आधिकारिक ट्रेड युनियन तनहुँका अध्यक्ष रामहरि खनालले जिम्मेवार राजनीतिक नेतृत्वले आफ्ना नीतिगत कमजोरीलाई लुकाउन कर्मचारीलाई नै दोष दिने प्रवृत्ति कायमै रहेको बताएका छन् । निजामती सेवा दिवसका अवसरमा आइतबार दमाैलीमा आयाेजित कार्यक्रममा खनालले यी सबै विवादहरूका बावजुद पनि निजामती सेवा सबैको प्रमुख आकर्षण र सबैभन्दा ठूलो रोजगारीको केन्द्र रहेको बताए । सबै कर्मचारी ट्रेड युनियनको प्रतिनिधित्व गर्दै बाेलेका खनालले निकै खराे र सरकारलाई घचघच्याउँदै कर्मचारीकाे पक्षमा बाेलेकाे उत्कृष्ट भाषणले कर्मचारी वृत्तमा निकै चर्चा कमाएको छ ।

अध्यक्ष खनालले विक्रम सम्वत २०१३ सालमा विधिवत स्थापना भएको निजामती सेवा विभिन्न कालखण्ड पार गर्दै ७० वर्ष पार गरिसकेको छ। यस अन्तरालमा देशमा विभिन्न शासन व्यवस्थाहरु देख्दै भोग्दै अहिलेको मजबुत संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि निजामती सेवा आलोचनामुक्त रहन भने सकेको छैन।

राज्य अहिले पुनर्संरचनाको क्रममा छ। यसमा निजामती कर्मचारीहरूको भूमिका अझै महत्वपूर्ण छ। अर्कोतर्फ राज्यले निजामती कर्मचारीहरूका दैनिक आवश्यकता पूरा गर्न सक्ने तलब भत्ता र सुविधाहरु उपलब्ध गराउनुपर्छ खनालले भने ।
मुलुक संघीय शासन व्यवस्थामा प्रवेश गरेको १० वर्ष बितिसक्दा समेत सङ्घ , प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूले अपनत्व गर्न सक्ने निजामती सेवा ऐन जारी हुन सकेको छैन। निजामती सेवा ऐन पारित गर्नको सट्टा विभिन्न बहानामा यसलाई गिजल्न खोजेको आभास भइरहेको छ। निजामती सेवा ऐन छिटो पारित गरियोस् भन्ने माग समग्र ट्रेड युनियनहरूको रहेको खनालले बताए। निकै वजनदार भाषण गरेका खनालले बाेलिरहँदा कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्याय , प्रजिअ रामकृष्ण अधिकारी लगायतका सहभागी कर्मचारीहरूले ध्यानपुर्वक सुनिरहेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page