पाेर्चुगलबाट दसैं मान्न आएका भानुका रविन्द्र मल्लको सवारी दुर्घटनामा मृत्युु

पाेर्चुगलबाट दसैं मान्न आएका भानुका रविन्द्र मल्लको सवारी दुर्घटनामा मृत्युु

पाेर्चुगलवाट दसैं मान्न घरमा आएका भानुका एक युवाको सवारी दुर्घटनामा मृत्यु भएको छ । भानु नगरपालिका वडा-९ स्थित रानीपानीमा ग १ क ३४८२ नम्बरको ट्रिपरले ग५प १६५५ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार भानु-९ बाइसजागरका ४३ वर्षीय रबिन्द्र मल्लको घटना स्थलमै मृत्यु भएको हाे । रातिको समयमा भएको दुर्घटना पश्चात ट्रिपर चालक र मोटरसाइकल चालक दुबै भागेका थिए।

घटनाको अवस्था हेर्दा शंङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा सिसिटिभि फुटेजमा बाइकमा दुइ जना सवार देखिएको र घटना स्थलमा एक जना मात्रै मृत भेटिएका थिए। दुर्घटना पश्चात ट्रिपर चालक र मोटरसाइकल चालक दुबै भागेका थिए। हाल दुबै सवारी साधन र चालकहरु प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतक मल्लको शब प्रदेश अस्पताल दमौलीमा पाेष्टमार्टम गरि लगिएको छ ।
मृतक मल्ल घर नजिकैको ग्यारेज सञ्चालक एक युवककाे माेटरसाइकल चढेर आफन्तकाेमा जान लागेका थिए । तर पाँच मिनेटको बाटो मात्रै अगाडि बढ्दा पछाडि बाट आएकाे ट्रिपरकाे ठक्करबाट उनको मृत्यु भएको हाे । उनको मृत्यु भएपछि माेटरसाइकल चालक माेटरसाइकल छाेडेर भागेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page