राष्ट्रपतिले संविधान रक्षा गरेर तनहुँको गाैरब बढाउनुभयाे – काङ्ग्रेस नेता भट्टराई
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान दिवसको अवसरमा राष्ट्रपतिलाई संविधानको रक्षा गरेकोमा बधाई दिनुभएको छ ।
शुक्रबार आयोजित समारोहमा नेता भट्टराईले राष्ट्रपतिले संविधानको रक्षा गरेर मुलुक र जनताको अधिकार जोगाउन सफल भएको र यसले तनहुँको गौरव बढाएको बताउनुभयो । नेता भट्टराईले भन्नुभयो, “राष्ट्रपतिले संविधानको रक्षा गर्नुले तनहुँको इज्जत बढाएको छ। हामी सबै यस कार्यबाट धेरै खुसी छौँ ।

राष्ट्रपति निर्भिक भएर संविधान च्यातिनबाट जोगिनु भएको छ । संविधान जोगिनु लोकतन्त्र जोगिनु हो, र आगामी संसद निर्वाचनमा पनि यसो गर्नु अत्यन्त महत्वपूर्ण छ ।” राष्ट्रपति निर्भिक भएर संविधानको रक्षा गर्नुभएको उल्लेख गर्दै भट्टराईले भन्नुभयो, संविधान जोगिनु भनेको हाम्रो लोकतन्त्र, हाम्रो अधिकार र भविष्य जोगिनु हो ।’ कार्यक्रममा राष्ट्रपतिले पनि आफ्नो प्रतिक्रियामा संविधान दिवसको महत्व र देशका सबै नागरिकका अधिकार जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

























