कार्यालय , निवास र गाडी जलेर ध्वस्त भएपछि तनहुँका प्रजिअ लाई सकस !

कार्यालय , निवास र गाडी जलेर ध्वस्त भएपछि तनहुँका प्रजिअ लाई सकस !

जेनजी आन्दोलनका क्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी बस्ने भवन आगजनीबाट ध्वस्त भएकाे छ । भवन ध्वस्त हुँदा प्रमुख अधिकारीकाे सबै सरसामानहरू जलेर नष्ट मात्रै भएको छैन फेर्ने लुगा , बस्ने ठाउँकै समस्या भएको छ । आफ्नाे बस्ने व्यवस्था नहुँदा भन्दा कार्यालय सञ्चालनका बारेमा प्रमुख अधिकारीलाई चिन्ता छ ।मेरो बस्ने ठाउँ नभए पनि यताउता साँगा मिलाएर बसेकाे छु , मलाई मेरो बस्ने भन्दापनी कार्यालयमा सेवा प्रवाह गर्ने चिन्ता छ । कार्यालयमा सेवाग्राहीलाई जतिसक्दो छिटो सेवा दिन पाए म बस्ने ठाउँ नभएपनि मन खुसी हुन्थ्यो प्रजिअ अधिकारीले भने ।

भदौ २४ गते साँझ आएका प्रदर्शनकारीले प्रशासन कार्यालयका दुई वटा भवनसंगै आडैमा रहेको प्रजिअको क्वाटरमा आगजनी गरी पूर्ण क्षति बनाएपछि प्रजिअलाई १० दिनदेखि खान र बस्न कठिनाई भोग्नु परेको हो । यतिबेला अरुको भरमा खान र बस्न बाध्य हुनुपरेको प्रजिअ अधिकारीको अवस्था रहेको छ । 

सुखदुःख जता जता व्यवस्था हुन्छ उतै उतै बास बस्ने र खाने गर्दै आएको छु,प्रजिअ अधिकारीले भने,“संकटको यस अवस्थामा यताउता गरेर दिनचर्या चलाउन बाध्य भएको छु ।” 

,जलाइएका दुई प्रशासन कार्यालय भवन र प्रजिअ क्वार्टर समेत गरी तीन भवनको क्षतिका बिषयमा इष्टिमेटका लागि प्राविधिक टोली खटाइएको छ ।”
मर्मत संम्भारका लागि स्रोत आवश्यक पर्छ बजेट छैन्,आर्थिक स्रोत जुटेको खण्डमा मर्मतसंम्भार गर्न सकिन्छ होला तर अहिलेसम्म अन्यौलमै छौ,प्रजिअ अधिकारीले भने। 
क्षति भएका तीन वटा भवन पुननिर्माण गर्न सकिने वा नसकिने बिषयमा प्राविधिकको रिर्पोट आएपछि बल्ल थाहा हुनेछ त्यसपछि बजेट इष्टिमेट गरी संघीय सरकारमा पठाइने उनले बताए । 
प्रशासन कार्यालयका दुबै भवन जलेर नष्ट भएपछि ठप्प रहेको सेवा बिहीबारदेखि नयाँ नागरिकता र प्रतिलिपी लगायतको सेवा प्रवाह सुरु भएको छ । क्षति कम भएका केही कक्षबाट सेवाग्राहीलाई सेवा दिने योजना अनुसार सम्भावना भए सम्मका काम सुरु गरिएको हाे ।

राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि भने अझै केही समय लाग्न सक्ने देखिएको छ । उक्त कार्यालयबाट भएन भने अन्यत्र कतैबाट सेवा सुचारु गर्ने योजना बनाइएको प्रजिअ अधिकारीले बताए ।
कार्यालयको बैठक बस्ने कक्ष पनि जलेर नष्ट भएपछि जिल्ला शान्ति सुरक्षा समितिको बैठक पनि खुला आकाशमा बस्नुपर्ने बाध्यता रहेको छ ।  
आगलागी भएको दिन राती ११ बजे नेपाली सेनाको सहयोगमा आगलागी हुनबाट बचेका नेपाली नागरिकता प्रतिलिपीका केही ढड्डा र करीब दुई सय थान राहदानी सुरक्षा गर्न सकिएको सो कार्यालयले जनाएको छ । निवास , कार्यालय सँगै प्रजिअ र सहायक प्रजिअ चढ्ने गाडी समेत प्रदर्शनीकारिले जलाइ ध्वस्त पारेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page