बुधबार बिहानदेखि दमाैलीमा पानी आउने
दुई दिनदेखि बन्द रहेको दमाैली खानेपानी वितरण बुधबार बिहानदेखि हुने भएको छ । व्यास ४ हरि मिष्ठान्न चाेकबाट माथि जाने बाटाे मर्मत र नयाँ पाइप लाईन बिछ्याउने कार्यका कारण पानी वितरण राेकिएकाे थियो । दमाैली खानेपानीले भाेलि बिहान दमाैली बजार एरियामा पानी वितरण सुरु हुने जानकारी दिएकाे छ ।

पाइप जाेडने कार्य सकिए पनि च्याम्वर ढलान सेट नभएकाेेले भाेलि असाेज ८ गते बिहान बाट मात्र पानी वितरण हुने भएको हाे ।

























