कावासोतीमा श्रिमानले गरे श्रीमतिको हत्या
कावासोती नगरपालिका–८, सगरमाथा टोलमा घरेलु विवादका क्रममा श्रीमानको प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार ४२ वर्षीय सुर्य प्रसाद पाण्डेले आफ्नी ३७ वर्षीया पत्नी संगिता पौडेल पाण्डेलाई घरायसी विवादका कारण धारिलो हतियार (चक्कु) प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरेका थिए।
घाइते भएकी पौडेललाई प्रहरीले तत्काल उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याए पनि उपचारका क्रममा साँझ ७ बजेर १५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन्। श्रीमतीको हत्या गर्ने श्रीमान अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

























