शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघको शुभकामना आदानप्रदान


शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघकाे आयाेजनामा नेपालीहरुकाे माहान चाड विजय दशमी शुभदिपावली छठ तथा नेपाल सम्बत ११४६ काे अवसरमा स्वागत ,परिचय एवम् शुभकामना आदनप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । उक्त अवसरमा चाडपर्वको अबसरमा उपभोक्ताहरुलाई गुणस्तरीय ,सर्वसुलभ रुपमा दैनिक आवश्यक बस्तु उपलब्ध गराउने बिषयमा समिक्षा कार्यक्रम समेत भएको थियो ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्र राम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तन्हुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीकाे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

























