सनिवार भानु नगरपालिका क्षेत्रमा सात घण्टा बत्ती जाने

सनिवार भानु नगरपालिका क्षेत्रमा सात घण्टा बत्ती जाने


सनिवार भानु नगरपालिका क्षेत्रमा सात घण्टा बत्ती जाने भएको छ । तनहुँ वितरण केन्द्र अन्तर्गत पर्ने डुम्रे सब स्टेसन बाट सप्लाई हुने गोरखा फीडर मा बुश कटिंग गर्ने कार्य गर्नु पर्ने भएकाले बत्ती जाने ने.वि.प्रा. तनहुँ वितरण केन्द्र डुम्रे सवस्टेशनले जनाएको छ । ११ गते शनिबारका दिन बिहान ७ बजे देखि दिउँसो २ बजे सम्मको लागि डुम्रे सब स्टेशनको गोरखा फीडर बाट आपूर्ति हुने आम्बोटे,चाम्बास, खहरे , तुरतुरे, पाँचसय बगैंचा मोन्टे हटिया चिसा पानी ठाउँमा विद्युत सेवा बन्द हुने कार्यालयले जानकारी दिएको छ ।

समयमै काम सम्पन्न भएमा सो समय अगावै विद्युत सुचारु हुने समेत जनाइएको छ|

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page