एकाबिहानै दमाैलीकाे मुख्यचाेकमा बाइक र स्कुटर ठाेक्कियाे , ४ जना घाइते , १ काे अवस्था गम्भीर
सनिवार एकाबिहानै दमाैलीकाे मुख्य चाेकमा सवारी दुर्घटना भएको छ । बिहान ०५:०० बजेको समयमा ट्राफिक चोक स्थित पृथ्वीराजमार्ग सडक खण्डमा थर्पुबाट डुम्रे तर्फ जादै गरेको बा ५८ प ४३७५ नं. को मो.सा. र विपरित दिशाबाट आउदै गरेको ग १८ प ३६८ नं. को स्कुटर एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हाे ।

दुर्घटनामा बा ५८ प ४३७५ नं. को मो.सा. चालक जि. तनहुँ व्यास न.पा. ५ बस्ने बर्ष १६ को मनिष वि.क. टाउकोमा चोट अवस्था सिरियस भएको प्रहरीले जनाएको छ । यस्तै. मो.सा. पछाडी सवार ऐ.ऐ बस्ने बर्ष ६१ को मन प्रसाद सुनार बाँया खुट्टा भाचिएको अवस्था मध्यम भएको र दुबैलाइ थप उपचारको लागि पोखरा GMC रिफर गरिएको बताइएको छ ।

दुर्घटनामा. ग १८ प ३६८ नं. को स्कुटर चालक ऐ. व्यास न.पा. १२ कमलबारी बस्ने बर्ष ३० को सन्तोष सिग्देल बाँया खुट्टा र दाहिने हातमा चोट अवस्था सामान्य तथा पछाडी सवार ऐ. व्यास न.पा. ११ रानिगाँउ बस्ने बर्ष १८ को विपिन थापा बाँया आँखा माथि, बाँया कुममा र दाहिने खुट्टामा चोट अवस्था सामान्य रहेको बताइएको छ ।
























