गाेरखकालीका बिद्यार्थी द्वारा निशुल्क कपडा वितरण

गाेरखकालीका बिद्यार्थी द्वारा निशुल्क कपडा वितरण

तनहुँको दमाैली स्थित गाेरखकाली विद्यालयका विद्यार्थीहरूले सनिवार निशुल्क कपडा वितरण गरेका छन्। इण्ट्र्याक्ट क्लब अफ जीकेबिएस व्यासभूमिको संयोजनमा गोरखकाली आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले कपडा वितरण गरेका हुन्।

चाडपर्वमा असहाय र विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका विद्यार्थी र शिक्षकहरूको सक्रियतामा खरिद तथा संकलन गरिएको कपडा वितरण गरिएको हो।

विद्यार्थीहरूले आफ्नो दैनिक खर्च कटौती गरी जम्मा गरेको रकम र विद्यालय परिवारका साथै विभिन्न फेन्सी व्यवसायीहरूको सहयोगमा संकलन गरिएका कपडाहरू आफैं वितरण गरेका हुन्।कार्यक्रम व्यास–३ अनसन चौतारी र व्यास–५ पाटन गरी दुई स्थानमा सम्पन्न भएको थियो। यस अभियानमार्फत ५ सय भन्दा बढी व्यक्तिहरू लाभान्वित भएको विद्यालयकी प्रधानाध्यापक वीणा कैनीले जानकारी दिइन्।

दशैँमा विपन्न वर्गसम्म पनि नयाँ कपडाको खुशी पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले हरेक वर्ष दशैँको पूर्वसन्ध्यामा यो कार्यक्रम गर्दै आएको उनले बताइन्। साथै, विद्यार्थीहरूले देखाएको सामाजिक भावना र सहकार्यले समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको पनि उनले उल्लेख गरिन्।
उक्त कार्यक्रम विद्यालयमा पढ्दै गर्दा मृत्यु भएकी स्व. प्रजिता श्रेष्ठको स्मृतिमा हरेक वर्ष आयोजना हुँदै आएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page