सहयोग जुटाएर ऋषिङका दृष्टिविहिन आलेलाई ल्यापटप सहयाेग

सहयोग जुटाएर ऋषिङका दृष्टिविहिन आलेलाई ल्यापटप सहयाेग


ऋषिङ्गकी जन्मजात दृष्टिविहीन विद्यार्थी साेलु माया आलेलाई सहयोग जुटाएर ल्यापटप सहयोग गरिएको छ । “दृष्टिविहीन साेलु आलेकाे लागि ल्यापटप अभियान” अन्तर्गत ल्यापटप हस्तान्तरण गरी अभियान समापन गरिएको हाे ।
हाल पृथ्वीनारायण क्याम्पस पाेखरामा बी.एड. दाेस्राे वर्ष अध्ययनरत साेलुकाे ऋषिङ्ग-८ धारूङ गैरीगाउँस्थित घरमै गई १४ इञ्चकाे HP NOTEBOOK 14 ल्यापटप हस्तान्तरण गरिएको हाे ।

करिब डेढ महिनाअघि प्रारम्भ गरिएको ल्यापटप अभियानकाे लागि ३२ जना सहयोगी व्यक्तिहरूबाट रू. १ लाख ६५ हजार ९ सय ५०।- संकलन भएको थियोे ।

संकलित रकममध्ये रू. ५४ हजार ५ सय मा अनलाईनबाट ल्यापटप खरिद गरिएको हाे । बाँकी रू. १ लाख ११ हजार ४ सय ५०।- मध्ये एक लाख रूपैयाँ साेलु आलेकाे खातामा जम्मा गरी रू. ११ हजार ४५०।- नगदै हस्तान्तरण गरिएको स्थानीय अगुवा इन्द्रबहादुर आलेले बताए ।

अभियानकाे निम्ति हाल अमेरिका निवासी प्राध्यापक, अनुसन्धाता तथा लेखक बी.के. रानाबाट सबैभन्दा धेरै रकम रू. ५१,५५६।- सहयोग प्राप्त भएको थियोे ।

ल्यापटप वडा सदस्य राम बहादर सारू र निवृत्त शिक्षक महेन्द्र कुमार श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page