सामाजिक अभियान्ता अबिनश पन्थको अभियान- दसैंकाे खुसी सबैमा !
दशैंको उत्सव सबैले बराबरी अनुभव गर्न सकून् भन्ने उद्देश्यले सामाजिक अभियान्ता अबिनश पन्थको नेतृत्वमा दाल, चामल, नून, तेल, आलु र सोयाबिन जस्ता आवश्यक सामग्री वितरण गर्ने अभियान सम्पन्न गरिएको छ। यस अभियानमार्फत किड्नी पीडित, मानसिक अपाङ्गता, शारीरिक अपाङ्गता, एकल महिला र अभिभावकविहीन बालबालिका गरी पाँच परिवारलाई खाद्यान्न सहयोग प्रदान गरिएको छ।

यस सामाजिक पहलले आर्थिक कठिनाइमा रहेका परिवारलाई दशैंको खुशीमा सहभागी गराउन महत्वपूर्ण योगदान दिएको सहभागीहरूले बताएका छन्।

























