८ औँ जुन तारा रनिङशिल कपकाे उपाधि पुरूष तर्फ आयाेजक जुनतारा र महिला तर्फ भिमादलाइ

८ औँ जुन तारा रनिङशिल कपकाे उपाधि पुरूष तर्फ आयाेजक भानु र महिला तर्फ भिमादले हात पारेको छ ।बन्दिपुरमा भएको जुन तारा रनिङशिल कप तथा साँस्कृतिक कार्यक्रम २०८२ गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता अन्तर्गत पुरूषतर्फ आयाेजक जुनतारा क्लव र महिला तर्फ जनशक्ति युवा क्लव भिमादले उपाधि हात पारेका हुन् । फाइनल खेलमा नारायण गोपाल युवा क्लब कुर्कुर्दीलाइ प्रतिस्पर्धात्म अङ्क सहित सोझो २ सेटमा आयोजक जुनतारा युवा क्लबले हराएको हो । सेमिफाइनलमा नारायण गोपाल युवा क्लब कुकुर्दीले गोरखकाली युवा क्लब भुमर्सेलाइ ३ सेटमा दोस्रो र तेस्रो सेटमा हराएर फाइनल तय गरेको थियो भने आयोजक सोझै बाइ परेर फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै आयोजक जुनतारा युवा क्लबले नगद रु.८०,०००। ,ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ। त्यसै गरी दोस्रो स्थान हासिल गर्दै नारायण गोपाल युवा क्लब कुकुर्दीले नगद रु.५०,०००। ,ट्फि ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो स्थान हासिल गर्दै गोरखकाली युवा क्लब भुमार्सेले नगद रु.३०,०००,ट्फी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

महिला तर्फ प्रथम भएको जनशक्ति युवा क्लब भीमादले गोर्खा भलिबल समुहलाई पराजित गरेको थियो ।भिमाद र गाेरखा बीच को ३ सेटको खेलमा २-१ को नतिजा निकाल्दै भीमादले नगद रु. २०,०००, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गर्दै महिला भलिबल समुह गोर्खाले नगद रु.१०,००० प्राप्त गरेको छ।
४० बर्ष माथिको भेट्रान्स तर्फको उपाधि भने शुक्लागण्डकीले हात पारेको छ फाइनल खेलमा ज्यामिरस्वरा बन्दिपुर-६ लाइ सोझो २-०को सेट निकाल्दै शुक्लागण्डकी बिजयी भएको हो
प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शुक्लागण्डकीले नगद रु.१०,००० र प्रमाणपत्र प्राप्त गरेको छ।
फाेटाे राजेश कार्की
























