म्याग्देमा क्यारामबाेड खेल्ने क्रममा विवाद हुँदा खुडा प्रहार , दुईजना गम्भीर घाइते

म्याग्देमा क्यारामबाेड खेल्ने क्रममा विवाद हुँदा खुडा प्रहार , दुईजना गम्भीर घाइते

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ ट्याम्केडाडामा दसैं टिकाकै दिनमा विवाद हुँदा एउटै घरका दुई जना दाजुभाइ गम्भीर घाइते भएका छन् । उनिहरूमाथि निर्घात कुटपिट तथा खुँडा प्रहार भएको छ । क्यारामबाेर्ड खेल्दा भएको सामान्य बिवादले उग्र रूप लिएपछि वाख्रे ट्याम्केडाडा बस्ने वर्ष २८ का मिलन नेपाली र वर्ष २५ का सुमन नेपाली गम्भीर घाइते भएका हुन् । घाइते सुमनकाे निधारमा गहिरो चाेट लागेको छ भने मिलनकाे टाउको , ढाड र हातमा थुप्रै गहिरो चाेटहरू लागेको छ । गम्भीर अवस्थामा रहेका दुबै दाजुभाइलाई तत्कालै प्रदेश अस्पताल दमाैलीमा प्रारम्भिक उपचार पश्चात् पाेखरा रिफर गरिएको छ ।

प्रतक्ष्यदर्शीका अनुसार घरमा आऐर बसेका दाजुभाइलाई एक्कासि नजिकैबाट आएका एक हुलले अन्धाधुन्ध धारिलो हतियार प्रहार गर्दा रगताम्मे भएर लडेका थिए । घाइतेहरूलाइ प्रहरीको गाडीमा अस्पताल ल्याइएको छ भने खुडा प्रहार गर्ने व्यक्तिहरूलाइ पक्राउ गर्न प्रहरीको ठुलो संख्या घटनास्थलमा पुगिसकेको छ । घाइतेका हजुरबुबा एवम् छिमेकी दुर्गाबहादुर विकले
खुडा , दाउरा , रड प्रहार गर्न २०/२५ जनाकाे टाेली आएका बताए । नजिकै घरमा रहेका उनलेे गुहार मागेको र चिच्याएकाे सुनेपछि दाैडेर घरमा पुगेको र हल्लाखल्ला गरेर लखेटेकाे बताए । हामीले नलखटेकाे भए मार्ने नियतले आएका रछन उनलेे दावी गरे ।
स्थानीय प्रेम थापाको घरमा क्यारामबाेड खेलेको र बिवाद भएको भन्ने सुनेको तर छाेराहरू घरमा आएर बसेपछि एक्कासि आक्रमण भएको घाइतेको आमा
पार्वती नेपालीले बताइन् । कसले पिटेको छाेराहरूलाइ भन्ने प्रश्नमा उनलेे टाेल अध्यक्ष साेमबहादुर सुनार र उनका छाेरा विज्ञान , विश्वास लगायतले आक्रमण गरेको बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page