काङ्ग्रेस युवा नेता थापाले हटाए सभापति देउवा लगायतको चरित्र हत्या हुने गरि राखिएका तस्बिर

काङ्ग्रेस युवा नेता थापाले हटाए सभापति देउवा लगायतको चरित्र हत्या हुने गरि राखिएका तस्बिर

नेपाली कांग्रेसका युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा राखिएका कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूको तस्बिरलाई हटाएका छन् ।

बिहीबार माइतीघर मण्डलामा पुगेका काङ्ग्रेस युवा नेता चाम बहादुर थापा सहितका ३०/४० जना युवाहरूले शान्तिपूर्ण रुपमा कांग्रेसका नेताहरूको चरित्रहत्या हुने गरी राखिएका तस्बिर र ब्यानरहरू हटाएका हुन् ।‘पार्टी सभापति शेरबहादुर देउवा, पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा र पूर्वगृहमन्त्री रमेश लेखकको चरित्रहत्या हुने गरी राखिएका तस्बिरहरू हटाएकाे कांग्रेसका महाधिवेशन प्रतिनिधि चामबहादुर थापाले बताए ।
जेनजीको नाममा एक समुहद्वारा शेरबहादुर देउवासहितका नेताहरूलाई ‘भ्रष्टाचारी हुँ’ लगायत उल्लेख गरी चरित्र हत्या हुनेगरी टांगिएका तस्बीर र ब्यानरहरू हटाउने क्रममा प्रहरीसँग घम्साघम्सी समेत परेको थियो ।

यसअघि, बुधबार साँझ एमाले र माओवादी केन्द्र निकटका युवाहरूले केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको चरित्रहत्या गर्ने गरी राखिएका तस्बिरहरू हटाएर लगेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page