म्याग्दे उद्योग वाणिज्य संघ स्थापना , अध्यक्षमा अधिकारी

म्याग्दे उद्योग वाणिज्य संघ स्थापना , अध्यक्षमा अधिकारी

तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईलाइ म्याग्दे उद्योग वाणिज्य संघको रुपमा रुपान्तरण गरिएको छ ।
म्याग्दे गाउँपालिका क्षेत्र भित्रका उद्योगी व्यसायीहरुले थर्पु बजार इकाईलाई म्याग्दे उद्योग वाणिज्य संघको रुपमा रुपान्तरण गरेका हुन् । म्याग्दे उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता भएको छ । म्याग्दे उद्योग वाणिज्य संघमा रुपान्तरण भएको संघको अध्यक्षमा सुन्दरमणि अधिकारी ,उपाध्यक्षमा सुरेन्द्र अधिकारी , सचिवमा राजीव श्रेष्ठ ,कोषाध्यक्षमा खिमबहादुर नेपाली रहेका छन् ।

यस्तै समितिको सदस्यहरुमा सीता मल्ल, गणेशमान श्रेष्ठ , खसबहादुर नेपाली, सुशिल न्यौपाने, धर्मराज घिमिरे, भूपेन्द्र रानाभाट, नारायण श्रेष्ठ, दिपक रोका , हुमबहादुर भण्डारी, नुक्तबहादुर भुजेल, विकास नेपाली, अमृता भट्टराई र सुशिल श्रेष्ठ रहेका छन् ।

म्याग्दे गाउँपालिकामा रहेका कृषक, उधमी तथा सबै किसिमका ब्यवसायी, उद्याेगीहरु सबैलाई समेटि स्थानीय ब्यवसायीहरूकाे साझा संस्थाकाे रूपमा ‘म्याग्दे उद्याेग वाणिज्य संघ’ लाई लिइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page