भाेर्लेटार – लक्ष्मीबजार जाेड्ने मिदिम खाेलाकाे झाेलुङ्गे पुल सम्झौता अघि नैँ निर्माण सम्पन्न
लमजुङको मध्यनेपाल नगरपालिका स्थित भाेर्लेटार – लक्ष्मीबजार जाेड्ने मिदिम खाेलाकाे झलुङ्गे पुल सम्झौता समय अगाडिनैं सम्पन्न भएको छ । २०८१ असारमा सम्झौता भइ २०८२ मंसिर सम्ममा सम्पन्न सम्झौता समय भएपनि निर्माण कम्पनीको सक्रियताले असाेजमै पुल निर्माणकाे काम सकिएको हाे । ३ सय ५० .५ मिटर लामो एन टाईपकाे पुल ३५ मिटर अग्लाे टावर राखी निर्माण भएको छ ।

स्थानीय पुर्वाधार बिकास आयाेजना पाेखराकाे ४ करोड ५० लाख लागतको झलुङ्गे पुल रामकृष्ण साेमरस जेवी बेनी २ म्याग्दीले बनाएको हाे । निर्माण कम्पनीका प्रदिप सापकोटाका अनुसार सुरु देखिनै काममा निरन्तरताका कारण गुणस्तरीय पुल समय अगाबै सम्पन्न भएको बताए । पुल निर्माण पश्चात्क एक/डेण घण्टा लामो बाटो जुन रामबजार हुदै जानपर्ने बाध्यता थियो त्यो हटेर सजिलो भएको छ । एक घण्टा लामो घुम्न पर्ने बाटो अव पाँच मिनेटमा आवतजावत गर्न सकिने भए पछि स्थानीय खुसी भएका छन् ।

पुर्व शिक्षक एवम् स्थानीय समाजसेवी रामकृष्ण पाेख्रेल लगायतले पुल निर्माणका लागि सुरु देखि नैँ सहयोग मात्रै हाेइन पहल गरेर सम्बन्धित ठाउँमा बजेटकाे लागि झकझक्याउने काम गरेपछि याे पुल निर्माणका लागि बजेट र बन्ने काम सम्भब भएको हाे ।

























