गौ संरक्षण केन्द्रलाइ क्यान तनहुँकाे पशु आहारा सहयोग
तनहुँको व्यास–१०, शिशुवा भतेरीस्थित गौ संरक्षण केन्द्र मा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान तनहुँ) ले पशु आहारा सहयोग गरेको छ ।
अध्यक्ष शुसिलकुमार श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष सिता पाण्डे, सचिव मिन कुँवर, कोषाध्यक्ष रामप्रसाद भुषाल र सहसचिव उमेश भुषालले संयुक्त रूपमा केन्द्रका अध्यक्ष तुलसीराम सापकोटालाई १० हजार रुपियाँ बराबरको दाना, चोकर र नुन सहयोग हस्तान्तरण गरेका थिए ।
क्यान तनहुँले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत धार्मिक र सांस्कृतिक स्थलमा पनि योगदान विस्तार गर्ने अभियान अन्तर्गत तिहारकाे पर्व पारेर गाैसंरक्षण केन्द्रमा सहयोग गरेको हाे ।अध्यक्ष श्रेष्ठले भने “गाई हाम्रो संस्कृति र आस्थाको प्रतीक हो । यस केन्द्रले धार्मिक पर्यटनसँगै संरक्षण सन्देश दिइरहेको छ, त्यसमा हातेमालो गर्न पाउँदा क्यान तनहुँ परिवार गौरवान्वित छ ।”

व्यासनगरपालिकाले सञ्चालन गरेको गौ संरक्षण केन्द्र पछिल्ला वर्ष धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको छ ।
त्यसै स्थलमा अहिले देशभरबाट भक्तजन गाईको दर्शन र पुजाका लागि आउने क्रम बढ्दै गएको छ ।


























