इलाका प्रहरी कार्यालय बेलचौतारामा नागरिक सुनुवाइ सम्पन्न

इलाका प्रहरी कार्यालय बेलचौतारामा नागरिक सुनुवाइ सम्पन्न


जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा मार्फा थकाली समाज सेवा सदनको भवन शुक्लागण्डकी नगरपालिका वडा नं.०५ बेलचौतारा तनहुँमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । प्रहरीबाट हुने सेवा प्रवाह, प्रहरी काम कारबाही लगायतका विषयमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्ण राज पण्डितको प्रमुख आतिथ्यतामा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हाे ।

प्रमुख जिल्ला अधिकारी राम कृष्ण अधिकारीको सभाध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीको विशेष आतिथ्यतमा उक्त कार्यक्रम भएको हाे । कार्यक्रममा वडा अध्यक्षहरु, स्थानिय राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु,सरकारी/गैह्र-सरकारी संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरु,समाजसेवी,पत्रकार , युवा क्लव,आमा समुह,व्यवसायी र स्थानियहरुको सहभागिता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page