दमाैलीमा कात्तिक २८ र २९ गते मनी सुन्दर श्रेष्ठ स्मृति कप व्याडमिन्टन प्रतियोगिता हुने

तनहुँकाे दमाैलीमा कात्तिक २८ र २९ गते मनी सुन्दर श्रेष्ठ स्मृति कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बार्हबिसे युवा क्लबकाे आयाेजनामा हुने खुल्ला जिल्ला स्तरीय पुरूष व्याडमिन्टन प्रतियोगिता दमाैली स्थित व्यास नगर ब्याडमिन्टन कभर्डहल व्यास ३ विपि बनबाटिकामा हुने आयाेजक नरेन्द्र श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र , द्धितीय पुरस्कार २० हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार १२ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र रहेको श्रेष्ठले जानकारी दिए । प्रतियोगिताकाे लागि टिम शुल्क ३ हजार रहेको र कात्तिक २७ गतेसम्म दर्ता गर्न सकिने अर्का युवा रामकृष्ण क्षेत्रीले बताए ।
यस्तै डि लेभल पुरूष ब्याडमिन्टन प्रतियोगितामा प्रथम , द्धितीय र सान्त्वना पुरस्कार क्रमशः २० हजार , १० हजार र ८ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने छ । डि लेभलकाे लागि दर्ता शुल्क दुई हजार राखिएको छ । प्रतियोगितामा नरेन्द्र एण्ड सन्स स्पाेर्ट्स सप व्यास २ मुख्य प्रायोजक रहेको छ ।




























