तनहुँका युवा अधिकारीले भने–“अबको निर्वाचनमा युवा पुस्ताले बाजी मार्नुपर्छ ”
नेपाली काँग्रेसले युवालाई टिकट दिन तयार छ ? युवाहरूले आफ्नो नेतृत्व देखाउन दबाब दिन सुरु गरिसकेका छन्। नेपाली काँग्रेस तनहुँका युवा नेता डम्बर अधिकारीले आगामी स्थानीय तह निर्वाचनमा व्यास नगरपालिका सहित देशभरका पालिकामा युवाहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग राखेका छन्।

अधिकारीले फेसबुकमा लेखेका छन् – “३४ वर्षिय जोहारन मम्दानीले डोनाल्ड ट्रम्पलाई राजनीतिक मुक्का प्रहार गर्दै न्यूयोर्क सहरको मेयर पदमा बाजी मारे जस्तै, अब हाम्रो स्थानीय तह निर्वाचनमा राजनीतिक चेतना भएका क्षमतावान युवा पुस्ताले बाजी मार्नुपर्छ। म यो अभियानमा अघि बढ्न तयार छु। अरू युवा साथीहरू के सोचमा हुनुहुन्छ “


























