लागू औषध सहित आँबुखैरेनीबाट पालुङटारका अर्जुन पक्राउ
तनहुँकाे आँबुखैरेनी गा.पा.वडा नं.४ बेनिटार स्थित राजमार्गमा चेकजाँच गर्ने क्रममा लागू औषध सहित पालुङटारका एक युवा पक्राउ परेका छन् ।
अ.प्र.पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलिले काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग२ ख १९८३ नं.को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा ती युवा पक्राउ परेका हुन् ।

माईक्रो बसमा काठमाण्डौको गंगवु बसपार्कबाट एक जना पुरुष मानिसले डुम्रे सम्म पुर्याई दिनु भनि झोला भित्र काटुनमा सेतो टेपले र्याप पार्सल पठाएको प्रहरीले बताएको छ । उक्त पार्सल संकास्पद लागी रिसिभ गर्ने मानिसलाई खोज तलास गर्न बन्दिपुर गाउँपालिका वडा नं.४ बिमलनगर स्थितमा उक्त सामान रिसिभ गर्ने मानिस गोरखा पालुङ्टार न.पा.वडा नं.७ बिरुवाटार बस्ने बर्ष २८ को अर्जुन रोका रिसिभ गरेपछी फेन्सी झोला भित्र रहेको कार्टुन खोली हेर्दा सो कार्टुन भित्र फममा पोकोपारी लुकाई छिपाई राखेको अवस्थामा जम्मा २४ पत्ता (२४० क्याप्सुल) लागू औषध (Tramadol) फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त लागू औषध सहित उनलाई नियन्त्रण लिई इ. प्र.का. आँबुखैरेनी तनहुँमा ल्याई अनुशन्धान कार्य भई रहेको समेत प्रहरीले जानकारी दिएको छ ।


























