म्याग्दे गाउँपालिका अन्तर बिद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा जनगणपती मावि प्रथम

म्याग्दे गाउँपालिका अन्तर बिद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा जनगणपती मावि प्रथम

म्याग्दे गाउँपालिका अन्तर बिद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगितामा जनगणपती मावि प्रथम भएको छ । साेमबार थर्पु कभर्डहलमा भएको प्रतियोगितामा द्धितीय तथा तृतीय दुबै स्थान मेघदह स्कुल हुन सफल भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत पहिलोपटक समावेश गरिएको प्रतियोगिताकाे म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले म्याग्देकाे पहिचानको रूपमा रहेको ब्याडमिन्टन खेलमा नयाँ पुस्ता उत्पादन गर्नका लागि पहिलोपटक प्रतियोगिता आयाेजना गरिएको बताउनुभयो ।
खेलाडीहरूले अत्यन्तै अनुशासनमा खेल खेल्ने उहाँको भनाइ थियो । म्याग्दे ब्याडमिन्टनमा अब्बल रहेको हुँदा बिद्यार्थी सर्कल देखि नैँ राम्रो खेलाडी उत्पादन गर्नकाे लागि पहिलोपटक प्रतियोगिता आयाेजना गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले अध्यक्ष कप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गरेर म्याग्देले वर्षमा दुईवटा ठुला खेल प्रतियोगिता आयाेजना गर्ने गरेको बताउनुभयो । म्याग्दे ३ का अध्यक्ष टुकराज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण शिक्षा शाखाका महेश भट्टराईले गर्नुभएको थियो ।

प्रतियोगितामा पालिका भित्रका ६ वटा बिद्यालयका बिद्यार्थीहरूकाे सहभागीता रहेको शिक्षा शाखा प्रमुख विष्णु केसीले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page