झुल बहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलले भेटेर आइजिपी कार्कीलाई दिए बधाई

झुल बहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमल बहादुर आलेले नेपाल प्रहरीका नवनियुक्त आइजिपी दानबहादुर कार्कीलाई भेटेर बधाई दिएका छन् । भेटमा प्रतिष्ठानका अध्यक्ष आलेले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका दिए ।

संविधानसभा सदस्य स्वर्गीय झुलबहादुर आलेको योगदानलाई चीरस्थायी बनाउन स्थापना गरिएको झुलबहादुर आले स्मृति प्रतिष्ठान स्थापनाका बारेमा आइजिपी कार्कीलाई आलेले जानकारी गराएका थिए । यस्तै उनलेे प्रतिष्ठानबाट सामाजिक कामलाई निरन्तर अगाडी बढाइएको र त्यसक्रममा असहाय तथा मानसिक अपाङ्गता भएकाहरुलाई खाद्यान्न वितरण लगायतका कामहरू विगतमा गर्दै आएकाे र अब छिट्टै नेपालमा ऋषिङको परिचय’ नामक पुस्तक प्रकाशन गर्न लागेकाे बताएका थिए । पुस्तकमा ऋषिङको ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरुको बारेमा समेटिने उनले जानकारी दिएका छन् ।

पुस्तक प्रकाशित गरी विक्री हुने रकमबाट ऋषिङ गाउँपालिकाभित्र रहेका असहाय नागरिकको व्यवस्थापन गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने, “पालिकाका सबै वडामा रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकालाई साहारा दिने लक्ष्य राखेको छ । पुस्तक विक्री गरी आउने रकम कोष बनाएर वार्षिक रुपमा नै सहाराविहिनलाई आश्रयस्थलको व्यवस्थाकाे लागि प्रयाेग गरिने आलेले बताए । पुस्तक प्रकाशन गर्नकाे लागि काम अगाडि बढाएको समेत उनलेे जानकारी दिए । साे अवसरमा आइजिपी कार्कीले आगामी चुनाव , जिल्लाकाे शान्तिसुरक्षाको अवस्था लगायतका बिषयमा चासो राखेका थिए ।

























