तनहुँकाे कोलढुङ्गा क्रीकेट खेल मैदानका लागि ६ करोड बजेट माग:

तनहुँकाे फराकचाैर स्थित कोलढुङ्गा क्रीकेट खेल मैदानकाे लागि ६ करोड बजेट माग गरिएको छ । गण्डकी प्रदेशकै महत्त्वपूर्ण क्रिकेट खेलमैदान निर्माणका लागि नेकपा एमाले राष्ट्रिय सभा प्रमुख सचेतक भगवती न्याैपानेले युवा तथा खेलकुद मन्त्रीलाई भेटी उक्त बजेट माग गरेकि हुन् ।

करिब १० बर्ष अगाडि व्यास नगरपालिकाले गुरुयोजना बनाएर अगाडि बढाएको यस योजनालाई मास्टर प्लान अनुसारको बजेटको ब्यवस्था अहिलेसम्म नभएकोले उक्त बजेट माग गरिएको भेटमा सहभागी नेकपा एमाले तनहुँका नेता श्रीराम कार्कीले बताए ।


सधै ५ लाख १० लाख बजेटले काम गर्दै जांदा मैदानको आकारको काम त भएको छ तर काम पूरा हुन बजेट अभावले सकेको छैन भन्दै कार्कीले अत्याधुनिक रंगशाला निर्माणका लागि लाग्ने आवस्यक बजेट माग गरिएको बताए ।
राष्ट्रिय सभा नेकपा ( एमाले) प्रमुख सचेतक भगवती न्यौपानेकै लेटरहेड र सिफारिसमा बजेट माग गरिएको र मागका सम्बन्धमा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ सकारात्मक रहेकोले बजेट आउनेमा बिश्वस्त रहेको कार्कीले बताए । हामी काम गर्न आएका हाैं बजेटले भ्याएसम्म बिनियाेजन गर्छौ मन्त्री श्रेष्ठले बताएको नेता कार्कीले जानकारी दिए ।



































