घिरिङमा टिपर र माेटरसाइकल ठाेक्किँदा भिमादका चन्दकाे मृत्यु
तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा आज टिपर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । मृतक हुनेमा भिमाद नगरपालिका–३ माइकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिकामा बस्ने ५५ वर्षीय बुद्धबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डेढगाउँबाट भिमादतर्फ आइरहेको लु५२प १५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको गण्डकी प्रदेश ३५९४ नम्बरको टिपर ठोक्किएकाे थियो । दुर्घटनामा घाइते चन्दलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।


























