घरभाडाकाे नाममा व्यासमा ब्रम्हलुट
तनहुँको व्यास नगरपालिकामा कार्यरत कर्मचारीले कानुन विपरित घर भाडा लिने गरेका छन् । व्यास नगर पालिका स्राेतले दिएकाे जानकारि अनुसार व्यास नगर पालिका भित्र र वाहिर घर भएका दुवै कर्मचारीहरुले सेवा सुविधा लिदै आएका छन । सघिय कानुन अनुसार कार्यालय प्रमुखले मात्र पाउने सुविधामा केही कर्मचारले जनप्रतिनिधिको नजिक रहँदै कानुन विपरित मासिक रूपमा घर भाडा लगायतका सुविधा वापत नगरपालिकाबाट रकम बुझ्ने गरेका छन् । नगरपालिका उच्च स्रोतले उपलब्ध गराएको जानकारी अनुसार पछिल्लो आवमा नगरपालिकाबाट घर भाडा वापत रकम बुझ्नेहरुमा सत्यनारायण मल्लको घरमा बस्ने ईन्जिनियर राजु पौडेल , मन्जु थापाको घरमा बस्ने कम्प्युटर अधिकृत गोकर्ण राज वाग्ले , झमन सिंह आलेको घरमा बस्ने ईन्जिनियर अमृत केसी लगायत रहेका छन् । यस्तै शिक्षा शाखा प्रमुख केदार राज आचार्य समेत घर भाडामा लिनेमा रहेका छन् । उनिहरूले मासिक ७ हजार घर भाडा सुविधा सिधै घर बेटीकाे खातामा जम्मा गर्ने गरि कार्यालयसँग सम्झाैता गरि भाडाकाे सुविधा लिदै आएका छन् ।

यसरी घरभाडा लिनेहरु मध्ये व्यासमै घर भएका गोकर्णराज वाग्ले नगर प्रमुख बैकुण्ठ न्यौपानेका आफ्नै सालो हुन् । यो सुविधा सँगै उनीहरूले थप अतिरिक्त भत्ता समेत खाने गरेको स्रोतले जानकारी दिएको छ।

ऐन विपरित घरभाडा बुझेको सम्बन्धमा हल्लाखल्ला भए पछि नगरपालिकाका अघिल्लो प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले त सुविधामा रोक नैँ लगाईदिएका थिए । त्यसवेला गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठी समेत आएका थिए । पछि ठुलो बिवादकाे बिषय बनेर चाैतर्फी बिराेध भए पछि कार्यपालिका बैठकबाट याे सुविधा बन्द गर्ने निर्णय समेत भएको थियो । हामीले पहिले याे विषयमा विवाद भए पछि बैठकबाट राेक्ने निर्णय गरेका थियौँ , व्यासका प्रवक्ता सुरेश थापाले भने । तर पछि फेरि याे सुविधा घुमाइफिराइ सुचारु गराइएको छ ।
यसरी जनताको करबाट उठेको रकम केही कर्मचारीले दुरुपयोग गरेको थाहा पाएपछि स्थानीय नगरवासीहरू आक्राेशीत भएका छन् । नगरपालिकाले घर भाडा सेवा सुविधा सम्बन्धि एैन बनाएर मात्रै यो सुविधा दिने गरेको नगरपालिकाका सुचना अधिकारी केदार राज आचार्यले बताए । आर्थिक नियन्त्रण प्रणाली बनाएर व्यास नपा बाहिरका शाखा प्रमुखहरूलाइ मात्रै याे सुविधा दिने गरेको दावी आचार्यले गरे । टाढावाट जनताकाे सेवा गर्न आएका छाै,यति सुविधा त लिनै पर्याे निर्धक्कका साथ उनले तनहुँ प्रेससँग भने ।
यस सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालसँग प्रतिक्रिया माग्दा पहिल्यैदेखिकाे निरन्तरता मात्रै भएको छाेटाे प्रतिक्रिया दिए । म कार्यालयमा आएपछि नयाँ सुविधा थप गरेकाे छैन उनले भने । कार्यालय स्राेतका अनुसार कर्मचारीलाई घरभाडा रकम दिनुभन्दा खाजा वापतकाे रकम सवै कर्मचारीलाई दिदा समानता हुने विषय उठान गरेपनि सुनुवाई भएकाे छैन। नेपाल सरकारले कार्यालय प्रमुख वाहेक अन्य कर्मचारिका लागि तलव वाहेक थप सुविधा दिनुलाई अनियमितताकाे रूपमा लिने गरिन्छ ।
त्यस्तै एक करारका अधिकृत कर्मचारीका अनुसार नपाले गठन गरेको कार्यदलले ११४ जना करारका कर्मचारी हटाउने भनेर करारका कर्मचारी हटाइ आर्थिक मितब्ययीता कायम गर्ने बताएतापनि उच्च कर्मचारी र जनप्रतिनिधिका नजिकका मान्छेले यस्तो सुविधा लिन छाेडेका छैनन् । उनका अनुसार घर भाडा मात्रै हाेइन थप अतिरिक्त सुविधा पनि उनिहरू लगायतले लिँदै आएका छन् ।

























