तनहुँका योगेन्द्र र दिपिकाको स्वरमा ‘डाँडैमा’ सार्वजनिक

तनहुँका योगेन्द्र र दिपिकाको स्वरमा ‘डाँडैमा’ सार्वजनिक

तनहुँमा जन्मिएर हाल अमेरिकाको नर्थ क्याराेलिनामा बस्दै आएका योगेन्द्र गौतम र लोकप्रिय गायिका दिपिका बायाम्बुको युगल स्वरमा रहेको नयाँ लोक–गीत ‘डाँडैमा’ सार्वजनिक गरिएको छ। गीतलाई पवन ओलीको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

पारम्परिक लोकधुनलाई आधुनिक शैलीसँग आकर्षक रूपमा मिसाएर तयार गरिएको गीतमा पहाडी भू–भावना, माया र प्रेमका भावनालाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ।
गीतका शब्द तथा संगीत पवन ओलीकै रहेकाे छ ।

सार्वजनिक भिडियोलाई सुरेश कोईली र जुना विश्वकर्माको आकर्षक अभिनयले अझ प्रभावशाली बनाएको छ।
गीतमा गाउँ–घरको दैनिकी, यात्राको अनुभूति, पहाडको प्राकृतिक सौन्दर्य तथा हल्का रोमान्टिक र रमाइलोपनका पक्षलाई मनछुने शैलीमा समेटिएको छ।

सार्वजनिक हुनुअघि नै सामाजिक सञ्जालमा राम्रो चर्चा कमाइसकेको यस गीतप्रति दर्शक–श्रोता अत्यन्त उत्साहित देखिएका छन् र रिलिजको प्रतीक्षामा रहेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page