उद्योग तथा पर्यटन विकास कार्यालय र सामाजिक विकास कार्यालयको एकीकृत सेवा सुरु

उद्योग तथा पर्यटन विकास कार्यालय र सामाजिक विकास कार्यालयको एकीकृत सेवा सुरु

गण्डकी प्रदेश सरकार अन्तर्गत तनहुँका दुईवटा कार्यालयको एकीकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकीकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका उद्योग तथा पर्यटन विकास कार्यालय र सामाजिक विकास कार्यालयको एकीकृत सेवा सुरु भएको हो ।

दुवै कार्यालयको साविकको नाम परिवर्तन गरी गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय नामाकरण भएको छ । गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशअन्तर्गतका सात निर्देशनालय खारेज र केहि निकाय एकीकरण गर्ने निर्णय गरेसँगै तनहुँमा बिहीबारबाट कार्यान्वयन गरेको हो ।

एकीकृत कार्यालय भएसँगै साविकको समाजिक विकास कार्यालयबाट सामाजिक तथा शिक्षा शाखा सञ्चालन गरिएको छ भने साविकको उद्योग तथा पर्यटन कार्यालयबाट योजना तथा प्रशासन र उद्योग तथा पर्यटन सेवा प्रदान गरिएको साविक सामाजिक विकास कार्यालयका प्रमुख बिदुरहरी आचार्यले जानकारी दिए। दुईमध्ये एक स्थानबाट मात्रै सेवा प्रदान गर्न पूर्वाधारको अभाव भएकोले दुई स्थानबाटै सेवा प्रदान गर्नु परेको आचार्यले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page