एमाले तनहुँकाे मतगणना विवादमा ताला फाेडियाे , मतपेटिका गायव , मतगणना अनिश्चित

एमाले तनहुँकाे मतगणना विवादमा ताला फाेडियाे , मतपेटिका गायव , मतगणना अनिश्चित

नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटका लागि तनहुँ-१ मा भएको मतगणना कार्य विवादका कारण अनिश्चित बनेको छ। शनिबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत शिवदत्त ढकालले जनाएका छन् । सुचना टाँसेर निस्केपछि राति एक समुहले ढाेकाकाे ताला फाेडेर बन्दीपुरकाे मतपेटिका गायब बनाएका छन् । मतपेटिका गायब भएपछि मतगणना नैँ अनिश्चित बनेको छ ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि शनिबार भएको मतदान पश्चात् रातिदेखि भएको मतगणनामा देवघाट र आँबुखैरेनीको मतगणना सकिएपछि विवाद सुरु भएको बताइएको छ । खासगरी भानुकाे सक्दानैँ मतगणनामा बसेका धेरैलाई मतपत्रमा संका लागेको भए पनि निर्वाचनमा कहिलेकाहीँ यस्तो हुनसक्छ भनेर मन बुझाएकाहरूले बन्दीपुरकाे सुरु भए पछि विवाद बढ्दै गएको थियो । बन्दीपुरकाे २५७ मत मध्ये खसेको २ सय ४८ मतमा झण्डै ९९ प्रतिशत मत एउटै व्यक्ति मा देखिएपछि याे अस्वाभाविक भएको भन्दै मतगणना स्थलमा विवाद सुरु भएको थियो । उम्मेदवार धेरै जना हुँदा दुई चार भाेट त यताउता बाँडिन्छनी ,तर यहाँत एउटै मात्रै उम्मेदवार भएको जस्तो देखियो मतगणना स्थलमा रहेका एक नेताले बताए । अस्वाभाविक मत खसाइ देखिएपछि याे मतहरू सबै कब्जामा हालेको हुनसक्ने सहभागीहरूकाे दावी छ ।


यता अन्य सहभागीले भने मतदानमा सय खस्दा सय नै एउटै उम्मेदवारलाई आएपनी अस्वभाविक मान्न नपर्ने बताएका छन् । त्यसाेत एमाले बन्दीपुर कमिटीले गाेप्य बैठकनै बसेर भानु लगायतका अन्य केही भेगका मन मिल्दो पालिका सँग गाेप्य सहकार्य गरेर मत साटासाट गरेको भन्ने समेत बुझिन आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page