म्याग्देमा लैंगिक हिंसा बिरूद्धकाे १६ दिने अभियान सम्पन्न

म्याग्देमा लैंगिक हिंसा बिरूद्धकाे १६ दिने अभियान सम्पन्न

तनहुँकाे म्याग्दे गाउँपालिकाकाे आयोजनामा बुधबार लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको छ । मंसिर ७ गतेबाट सुरु गरिएको अभियान विभिन्न कार्यक्रमका साथ बुधबार समापन गरिएको हो ।

कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अभियानबाट के कस्ता उपलब्धि भयो, कहाँ नेर समस्या छ र कहाँ नेर सुधारको आवश्यकता छ त्यसतर्फ ध्यान दिनुपर्ने भन्दै उपयात्मक र निरोधात्मक उपाय लैंगिक हिँसा अन्त्यको लागि आवश्यक रहेको औँल्याए।

कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले लैंगिक हिंसा अन्त्य गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा लैङ्गिक हिंसा भनेको के हाे ? भन्ने लगायतका बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्र. स. नि.अश्विन ढकाल तथा अधिवक्ता इन्द्रा थापाले प्रशिक्षण दिएका थिए ।
म्याग्दे गाउँपालिका वडा नं ३ का अध्यक्ष टुकराज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण कार्यपालिका सदस्य जानकी थापाले गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page