रास्वपा व्यास–४ वडा अधिवेशन सम्पन्न, सभापतिमा गुरूङ चयन

रास्वपा व्यास–४ वडा अधिवेशन सम्पन्न, सभापतिमा गुरूङ चयन

व्यास नगर सभापति चूडामणि दाहालको सभापतित्व तथा जिल्ला सभापति विश्वनाथ बास्तोलाको प्रमुख आतिथ्यमा राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका–४ को वडा अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले क्या. सिंह बहादुर गुरुङ (गोपाल) को सभापतित्वमा नयाँ वडा समिति गठन गरेको छ। समितिको उपसभापतिमा वसन्त गिरी, सचिवमा उदयराज खनाल चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा जीवनलाल श्रेष्ठ, अमर गुरुङ, अमृत बहादुर थापा, सलिम मियाँ, ज्योति अधिकारी थापा र सीता खनाल चयन भएका छन्।
अधिवेशनले सल्लाहकार समितिसमेत गठन गरेको छ। समितिको संयोजकमा भाग्यशाली ढुंगाना तथा सदस्यहरूमा बुद्धिमान श्रेष्ठ र जगराम गुरुङ रहेका छन्।

अधिवेशनले संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page