प्रगति नगर हाशिखुसी महिला समूहको छैठौं साधारण सभा सम्पन्न
ललितपुर महानगरपालिका वडा नं. १५, सातदोबाटोस्थित प्रगति नगर हाशिखुसी महिला समूहले पुष १२ गते आफ्नो छैठौं बार्षिक साधारण सभा भव्यतापूर्वक सम्पन्न भएको छ। समूहकी उपाध्यक्ष सीता पोखरेलकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष शुरेश बहादुर शाही रहेका थिए । कार्यक्रममा विशेष अतिथि वडा सदस्य अनुप घिमिरे, समूह सल्लाहकार माधव बञ्जरा र कानुनी सल्लाहकार बिष्णु शर्मा लगायत रहेका थिए।

संस्थाकी सचिव गीता बिष्टले सञ्चालन गरेकाे कार्यक्रममा अध्यक्षकाे प्रतिवेदन सीता पोखरेलले र कोष प्रतिवेदन सानू माया डुमरुले प्रस्तुत गरेका समुहकी गीता खनालले बताइन् ।


























