चोरी भएको मोटरसाइकल फेला पार्न तनहुँ प्रहरी सफल

चोरी भएको मोटरसाइकल फेला पार्न तनहुँ प्रहरी सफल


पौष १४, तनहुँ ।
तनहुँ प्रहरीले चोरी भएको मोटरसाइकल फेला पार्दै सम्बन्धित सवारीधनीलाई बुझाउन सफल भएको छ।
तनहुँको व्यास नगरपालिका–१२ छिर्कनमा गत बिहीबार पार्किङ गरी राखिएको ग २० प ५९०२ नम्बरको पल्सर मोटरसाइकल रातिको समयमा चोरी भएको थियो। चोरीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक शिवप्रसाद पाठकको कमाण्डमा ५ जनाको टोली खटाइएको थियो।
प्रहरी टोलीले सक्रिय खोजतलास गर्ने क्रममा आइतबार उक्त मोटरसाइकल फेला पारी व्यास नगरपालिका–०१ निवासी बिशाल रुचाल लाई जिम्मा लगाएको हो।

तनहुँ प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक का अनुसार समयमै गरिएको अनुसन्धान र प्रहरीको सक्रियताका कारण मोटरसाइकल फेला पार्न सफलता मिलेको हो।
यस सफलताले जिल्लामा शान्ति सुरक्षाप्रति प्रहरी प्रतिबद्ध रहेको सन्देश दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page