भुजेललाइ कुटपिट गर्ने पाण्डे द्वय प्रहरी नियन्त्रणमा
तनहुँ, १७ पुस
तनहुँको व्यास नगरपालिका–१२ मा युवकमाथि कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
स्थानीय २३ वर्षीय सुमन भुजेलमाथि भएको भौतिक आक्रमणको घटनामा सोही स्थानका ४३ वर्षीय देवबहादुर पाण्डे र ३० वर्षीय रन्जन पाण्डे संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार पुस १६ गते राति भएको उक्त घटनामा गम्भीर घाइते भएका भुजेलको अवस्था चिन्ताजनक रहेको छ। घटनापछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाउँदै संलग्न देखिएका दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आज पुस १७ गते तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतबाट म्याद थप गरी घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचना अधिकारी विकले जानकारी दिनुभयो।


























