माघ ३ गतेदेखि गुणादीमा हुने फ्रेन्डसीप कप फुटबल प्रतियोगिताकाे तयारी तिव्र

माघ ३ गतेदेखि गुणादीमा हुने फ्रेन्डसीप कप फुटबल प्रतियोगिताकाे तयारी तिव्र

यही माघ ३ गतेदेखि तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा सञ्चालन हुने फ्रेन्डसीप कप खुल्ला नकआउट फुटबल प्रतियोगिताकाे तयारी तिव्र पारिएको छ । प्रतियोगिताकाे तयारी स्वरूप अहिले गुणादी खेलमैदानलाई मर्मत तथा सम्याउने काम पूरा भएको छ । यस्तै प्रतियोगिताकाे लागि सहयोग रकम जुट्ने काम भइरहेको र प्रचारप्रसार तथा चिठी काट्ने , निमन्त्रणा दिने काम अगाडि बढिरहेको क्लवले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. १ लाख २५ हजार १ सय २५, द्वितीय पुरस्कार नगद रु. ६५ हजार १ सय ६५ रहेको छ। साथै विजेता तथा उपविजेता टोलीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फ्रेन्डसीप युवा क्लबका निवर्तमान अध्यक्ष दुर्गाराज थापा मगरले जानकारी दिए। क्लवका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गाेलकर्ता ,।उत्कृष्ट गाेलरक्षक लाई नगद , मेडल , ट्रफी र प्रमाणपत्र साथै क्वाटरफाइनल देखि म्यान अफदि म्याचको व्यवस्था गरिएको छ । माघ २ गतेसम्म टिम दर्ता गर्न सकिने प्रतियोगितामा टिम दर्ता शुल्क ७ हजार ५ सय राखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page