तनहुँमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते

तनहुँमा मोटरसाइकल दुर्घटना, चालक गम्भीर घाइते


तनहुँ — जिल्ला तनहुँ भिमाद नगरपालिका–२ टेक्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
मिति २०८२ साल ०९ महिना १८ गते साँझ करिब १७:३० बजे भिमादबाट काउलेतर्फ जाँदै गरेको बा ३९ प ७३५७ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा मोटरसाइकल सडकबाट करिब ४०–५० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङ निवासी १८ वर्षीय गोरे नेपाली घाइते भएका हुन्। घाइतेलाई तत्काल उपचारका लागि जी.पी. कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, झरौटा ल्याइएको थियो।
प्राथमिक उपचारपछि अवस्था गम्भीर देखिएपछि साँझ १८:२० बजे थप उपचारका लागि गण्डकी मेडिकल कलेज, पोखरा रिफर गरिएको छ।


चालकको टाउको र अनुहारमा गम्भीर चोट लागेको, बोल्न नसक्ने अवस्थामा रहेको र स्वास्थ्य अवस्था सिरियस रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page