प्रतिनिधिसभा निर्वाचनः एमाले तनहुँ–२ बाट सिग्देल र गुरुङसहित ११ जना सिफारिस
तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ प्रतिनिधिसभा क्षेत्र नं. २ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
निर्वाचन समन्वय कमिटीका अध्यक्ष राजेश्वर ढकालको अध्यक्षतामा बसेको बैठकले केदार सिग्देल र किरण गुरुङसहित ११ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।

सिफारिस हुनेमा केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कडेल, राजेश्वर ढकाल, रत्नादेवी, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र उपाध्याय र नरेन्द्र वाग्ले रहेका छन्।
बैठकले आकांक्षी सबैको नाम पार्टीको निर्णयअनुसार आगामी प्रक्रियाका लागि माथिल्लो कमिटीमा पठाइएको जनाएको छ।


























