रास्वपाको केन्द्रीय सदस्यमा बन्दीपुरका आशुतोष प्रधान

रास्वपाको केन्द्रीय सदस्यमा बन्दीपुरका आशुतोष प्रधान


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा तनहुँको बन्दीपुरका युवा नेता आशुतोष प्रधान मनोनित भएका छन्।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रधानसहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।
बैठकले महामन्त्रीमा सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेव शाह नियुक्त गरेको छ। पदाधिकारीमा नियुक्त भएका दुवै जना काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को टिमसँग आबद्ध रहेका छन्।
यस्तै, बैठकले मेयर बालेनसहित उनको समूहका २६ जना तथा विवेकशील साझाबाट ७ जना नयाँ सदस्यलाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गर्ने निर्णय गरेको जनाएको छ।


केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा
बालेन शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा. नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे, खेमराज साउँद, समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, धनेज थापा र रञ्जु दर्शना रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page