दमौली बजार इकाइमा चुनाव सभापतिकाे, चर्चा महिला उद्यमी सिम्रनकाे !

दमौली बजार इकाइमा चुनाव सभापतिकाे, चर्चा महिला उद्यमी सिम्रनकाे !

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको २२ र २३ गते हुने अधिवेशनमा नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। सभापतिका लागि हालका उपसभापति तथा निमित्त सभापति शेषराज श्रेष्ठ, वर्तमान सचिव अन्जु दाहाल र पूर्व कोषाध्यक्ष बिन्दु कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। तीनै जना उम्मेदवारले प्रचार-प्रसारमा सक्रियता बढाउँदै चुनावी तयारी तीव्र बनाएका छन्।
तर सभापतिका उम्मेदवारको चर्चा भन्दा बढी महिला उद्यमी सिम्रन चन्दको नाम सचिव पदका लागि प्रभावशाली उम्मेदवारको रूपमा उठिरहेको छ। युवामाझ परिचित र संघभित्र सक्रिय सिम्रन चन्दले आफ्नो कार्यसम्पादनका कारण लोकप्रियता कमाएकी छिन्। उनकाे उम्मेदवारीले चुनावी समीकरण नै फेरिन सक्ने अनुमान गरिएको छ। जसका कारण उम्मेदवारहरूले अहिले सिम्रनलाइ आफ्नाे पक्षमा तान्न सक्दो प्रयास गरिरहेका छन् ।
सचिव पद सभापतिले मनोनीत गर्ने भए पनि, उनको उम्मेदवारीका कारण व्यवसायी वृत्तमा चासो बढेको छ। प्रारम्भमा केही व्यवसायीहरूले सिधै सचिवमा उम्मेदवारी जान नपाउने अफवाह फैलाए पनि, विधानले रोक्दैन भन्ने स्पष्ट भएपछि त्यो अफवाह टुङ्गिएको छ। यस्तै अधिवेशनमा उपसभापतिमा भने अहिलेसम्म नारायण मल्लकाे मात्रै चर्चा छ ।

अधिवेशन नजिकिँदै जाँदा व्यवसायी वृत्तमा चासो, उत्सुकता र चुनावी गतिविधि बढ्दो छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page