डाफे बचत तथा ऋण सहकारीको १४औँ साधारणसभा सम्पन्न

डाफे बचत तथा ऋण सहकारीको १४औँ साधारणसभा सम्पन्न


दमौली । डाफे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, व्यास–२ दमौलीको १४औँ वार्षिक साधारणसभा सुरेन्द्र अधिकारीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।
साधारणसभामा व्यास नगरपालिका–९ का वडा अध्यक्ष सुरेश थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्रमुख अतिथि थापाले सहकारी संस्थाले स्थानीय आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै पारदर्शिता र उत्तरदायित्वलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारीको निरन्तर प्रगतिप्रति विश्वास व्यक्त गरे। यस्तै निवर्तमान अध्यक्ष प्रेम राउत, सु–राम्जी गोदार, सु–सूर्यबहादुर थापा, आशा कार्की र नानुमाया जिसीले समेत साधारणसभालाई सम्बोधन गर्दै सफलताको कामना गरे।


साधारणसभामा कोषाध्यक्ष कालीबहादुर अधिकारीले संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा बचत संकलन, ऋण लगानी, आम्दानी–खर्च तथा आगामी कार्ययोजना समेटिएको थियो।
कार्यक्रमको सञ्चालन शंकर अधिकारीले गरेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page