गण्डकी प्रदेशस्तरीय नेपाल मगर खेलकुद संघको नयाँ कार्यसमिति गठन , सहसचिवमा तनहुँका दुर्गा

गण्डकी प्रदेशस्तरीय नेपाल मगर खेलकुद संघको नयाँ कार्यसमिति गठन गरिएको छ। मिति २०८२/१०/१२ गते संघका अध्यक्ष क्या. भक्तबहादुर शेरपुजा मगरको अध्यक्षतामा बसेको बैठक एवम् दाेस्राे अधिवेशनले नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको हो।
बैठकले संघको प्रदेशस्तरीय गतिविधिलाई अझ सशक्त र प्रभावकारी बनाउने उद्देश्यसहित ६ सदस्यीय सचिवालय समिति गठन गरेको छ। गठन गरिएको नयाँ कार्यसमितिमा अध्यक्षमा क्या. भक्तबहादुर शेरपुजा मगर चयन हुनुभएको छ। उपाध्यक्षमा रत्न आले मगर, महिला उपाध्यक्षमा लुकु पुन मगर, सचिवमा कृष्ण पुन मगर, सह–सचिवमा तनहुँका दुर्गाराज थापा मगर तथा कोषाध्यक्षमा मानबहादुर मगर चयन हुनुभएको छ।
त्यसैगरी बैठकले संघलाई आवश्यक परामर्श प्रदान गर्ने उद्देश्यले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकार समितिमा कुशल बुढा मगर, बालकृष्ण काउदा मगर, तारामाया थापा मगर र मणिराज थापा मगर रहनुभएको छ।

नयाँ कार्यसमितिले गण्डकी प्रदेशमा मगर समुदायबीच खेलकुदको विकास, प्रतिभा पहिचान तथा संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।


























