तनहुँमा ट्र्याक्टरबाट खसेर पुर्णबहादुरकाे मृत्यु

तनहुँमा ट्र्याक्टरबाट खसेर पुर्णबहादुरकाे मृत्यु


तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–३ दाङश्रीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
मधुवन कालिगण्डकी किनारबाट बालुवा लोड गरी काफलडाँडातर्फ जाँदै गरेको ग १ त ६२९४ नम्बरको ट्र्याक्टरबाट अचानक खसेर ऋषिङ गाउँपालिका–४ का २३ वर्षीय पूर्ण बहादुर थापा गम्भीर घाइते भएका थिए। २० गते राति करिब ८:३० बजे भएको दुर्घटनामा घाइते थापाको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि दमौली पठाइएकोमा रत्नहरी अस्पताल दमौलीमा जाँच गर्ने क्रममा चिकित्सकले राति ९:४५ बजे मृत घोषणा गरेका थिए।

मृतकको शव पोस्टमार्टमका लागि राति ११ बजे प्रदेश अस्पताल दमौली लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ट्र्याक्टरका साहु र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page