नेपाल मगर संघ गण्डकी प्रदेशको अध्यक्षमा स्याङ्जाका दानबहादुर थापा निर्वाचित
नेपाल मगर संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशन अन्तर्गत अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष पदका लागि तनहुँका मनिराज थापा मगर र स्याङ्जाका दानबहादुर थापा मगरबीच प्रतिस्पर्धा भएकोमा दानबहादुर थापा मगर निर्वाचित भएका छन्।
निर्वाचनमा दानबहादुर थापा मगरले ८१ मत प्राप्त गर्दा मनिराज थापा मगरले ५४ मत पाएका थिए।
यस्तै, उपाध्यक्ष पदमा दुई जना चयन गर्नुपर्नेमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो। उपाध्यक्ष पदका उम्मेदवारहरू दिलबहादुर आले मगर, केबी रानामगर र टंकबहादुर रानामगरमध्ये केबी रानामगर पराजित भएका छन् भने दिलबहादुर आले मगर र टंकबहादुर रानामगर निर्वाचित भएका छन्।

अन्य सबै पदहरू भने निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचनमा कुल १६४ मतदाता सहभागी रहेका थिए। तनहुँको दमौलीमा सम्पन्न निर्वाचनमा दिनभर चुनावी चहलपहल तीव्र देखिएको थियो। मत परिणाम सार्वजनिक हुने क्रममा सहभागी तथा प्रतिनिधिहरू उत्सुकताका साथ प्रतीक्षारत देखिएका थिए।


























