दमौलीमा रवि र बालेन आउने १० गतेकाे कार्यक्रम स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीअन्तर्गत फागुन १० गते तनहुँको दमौलीमा आयोजना गर्ने भनिएको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ।
यसअघि फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा आयोजना गर्ने भनिएका सभाहरू पनि विशेष कारण देखाउँदै स्थगित गरिएको जनाएको छ। दमौलीमा हुने कार्यक्रमसमेत हालका लागि स्थगित गरिएको पार्टीले जनाएको हो।
पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्ने भनिएको उक्त सभामा तनहुँका दुई निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्ले र श्रीराम न्यौपाने ले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।
उपसभापति डोल प्रसाद अर्याल ले जारी गरेको विज्ञप्तिअनुसार सङ्गठनात्मक प्राथमिकता निर्धारण, रणनीतिक व्यवस्थापन तथा अन्य विशेष कारणले कार्यक्रमहरू हालका लागि स्थगन गर्ने निर्णय गरिएको हो।
यसअघि रास्वपाले बुधबार धनगढी र बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा सम्पन्न गरिसकेको छ।

पार्टीले स्थगित कार्यक्रमहरूको नयाँ मिति चाँडै सार्वजनिक गर्ने जनाएको छ।


























