फोहरजन्य वस्तु बिक्रीबाट व्यास नगरपालिकाकाे सात महिनामा रु १४ लाख आम्दानी

फोहरजन्य वस्तु बिक्रीबाट व्यास नगरपालिकाकाे सात महिनामा रु १४ लाख आम्दानी

तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्रीबाट चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाखभन्दा बढी आम्दानी गरेको छ। साउनदेखि माघसम्मको अवधिमा नगरपालिकाले रु १४ लाख ५० हजार ६ सय ११ राजस्व संकलन गरेको जनाएको छ।
नगरपालिकाका अनुसार फोहरमैला, सिसाजन्य सामग्री, प्लास्टिक तथा कागजजन्य वस्तुहरू संकलन गरी पुनः प्रयोगयोग्य बनाइ बिक्री गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले घरबाटै फोहर वर्गीकरण गर्ने व्यवस्था लागू गरिएपछि आम्दानी सम्भव भएको बताए।
हाल नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमार्फत संकलन गर्दै आएको छ।

नकुहिने फोहरभित्रका सिसा, प्लास्टिक र कागजजस्ता सामग्री छुट्याएर मेसिनबाट कम्प्रेस गरी बिक्री गर्ने गरिएकाे हाे

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page