दमाैली भाेर्लेटार चोकमा मोटरसाइकल दुर्घटना: एक युवतीको मृत्यु, चालक घाइते

दमाैली भाेर्लेटार चोकमा मोटरसाइकल दुर्घटना: एक युवतीको मृत्यु, चालक घाइते


दमाैलीकाे भाेर्लेटारचोकमा बुधबार राति भएको एक भयानक मोटरसाइकल दुर्घटनामा म्याग्दे ५ की संगिता गुरूङको मृत्यु भएको छ। बन्दीपुर ४ घर भएका सुमन पाटाले चलाएको मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकलकाे पछाडि बस्ने संगिता गुरूङको उपचारको क्रममा मनिपाल अस्पतालमा निधन भएको हाे । उनकाे शवलाई अहिले अस्पतालमा राखिएको जानकारी म्याग्दे ५ का अध्यक्ष शिव बहादुर आलेले दिए । उनका अनुसार शवको अन्त्येष्टि प्रक्रिया शुक्रबार हुने दुई पक्षको छलफल पछि टुंगो लागाएर सम्पन्न गरिने छ। दुर्घटनामा चालक पाटामगर पनि सामान्य घाइते भएका छन् र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनास्थलबाट प्रहरीले ३ बोतल जाड फेला पारेको दुर्घटनास्थलमा रहेका एक स्थानीय प्रतक्ष्यदर्शिले बताए । जसले मादकपदार्थ सेवनको संकेत दिन्छ।

स्थानीयका अनुसार मोटरसाइकल कन्ट्रोल गर्न नसक्दा दुर्घटना भएको हाे । यद्यपि, केही व्यक्तिहरूले भने स्कुटरलाई जोगाउन लाग्दा दुर्घटना भएको बताएका छन् । यस घटनामा पैदल यात्री पनि सामान्य घाइते भएका बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page