राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सुरु

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सुरु


दमौली, तनहुँ — प्रदेश जनस्वास्थ्य कार्यालय, दमौली, तनहुँको आयोजनामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि १० दिने आधारभूत तालिम सुरु भएको छ। भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दिपुर गाउँपालिकाको समन्वयमा भानु नगरपालिका–१, भन्सारमा उक्त तालिम सञ्चालनमा आएको हो।
चैत्र १८ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने तालिमको उद्घाटन प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका कार्यालय प्रमुख अमर दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भानु नगरपालिका–१ का वडा अध्यक्ष कान्छी माया तामाङ प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।
उद्घाटन सत्रमा विभिन्न स्थानीय तहका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा भानु, व्यास, म्याग्दे, आँबुखैरेनी र बन्दिपुरबाट आएका १७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको छ।

तालिममार्फत स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्दै समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page